Connect with us
Kapilvast Forest

जसपाको बैठक बस्दै, सरकारमा पठाउन बाँकी मन्त्रीबारे छलफल हुने

२०८०, २७ बैशाख बुधबारमा प्रकाशित

काठमाडौं-जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठकमा सरकारमा पठाउन बाँकी एक मन्त्री, समसामयिक राजनीतिक परिस्थिति, पार्टीको विधान अधिवेशन लगायतका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

सरकारमा हाल जसपाबाट अशोक कुमार राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री छन् । जसपाले अझै एक जना मन्त्री सरकारमा पठाउन बाँकी छ । ‘सरकारमा जसपाले अझै एकजना मन्त्री र एक जना राज्यमन्त्री पाउने भन्ने कुरा हो क्यारे, कसलाई पठाउने भनेर आज छलफल हुन्छ,’ बस्नेतले भने ।

बारा क्षेत्र नम्बर २ को उपनिर्वाचन जितेर जसपा अध्यक्ष उपेन्द्र यादव सांसद बनेपछि उनी नै सरकारमा जाने चर्चा छ । सांसद पदको शपथग्रहण गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिने क्रममा यादवले सरकारमा को जाने भन्ने विषयमा पार्टीको बैठक बसेर छिट्टै निर्णय गर्ने बताएका थिए ।

आजको बैठकमा जसपाको विधान अधिवेशनबारे पनि छलफल हुनेछ । जसपाले आगामी जेठ १, २ र ३ गते विधान अधिवेशनको मिति तोकेको छ । तर त्यसको तयारी पूरा भइसकेको छैन । ‘विधान अधिवेशन सर्ने सम्भावना छ, किनभने तयारी नै पुगेको छैन,’ प्रचार विभाग प्रमुख बस्नेतले भने, ‘आजको बैठकमा यसबारे पनि छलफल हुन्छ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu