Connect with us
Kapilvast Forest

प्रधानन्यायाधीश सिफारिसबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक बस्दै

२०८०, २५ बैशाख सोमबारमा प्रकाशित

काठमाडौं- प्रधानन्यायाधीश नियुक्तिबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक आज बस्दैछ । बैठक साँझ ६ बजे सिंहदरबारमा बस्न लागेको हो । विगत १५ महिना यता सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति हुन सकेको छैन । प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले आन्दोलन गर्दै आएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय समिति गठनको विवाद नटुंग्याउँदासम्म प्रधानन्यायाधीश सिफारिस गर्न नहुने अडान लिएपछि बैठक निष्कर्षविहीन भएको थियो ।

चोलेन्द्रशम्शेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि प्रधानन्यायाधीश पद रिक्त छ । हाल कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा हरिकृष्ण कार्की छन् । यसअघि यही वैशाख ६ गते संवैधानिक परिषद्को बैठक बसेको थियो । सो बैठकमा प्रधानन्यायाधीश सिफारिसबारे सामान्य छलफल भए पनि निर्णय भएको थिएन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu