Connect with us
Kapilvast Forest

एनआरटीलाई हराएर मछिन्द्र दोस्रो स्थानमा

२०८०, ८ जेष्ठ सोमबारमा प्रकाशित

साविक विजेता मछिन्द्र शहीद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार दिउँसो न्युरोड टिम एनआरटीलाई २–० ले पराजित गरेपछि मछिन्द्रले अंक तालिकामा फड्को मारेको हो ।

च्यासल मैदानमा विदेशी फरवार्ड ओलादिपो ओलावाले अफिजको गोलमार्फत मछिन्द्रले पहिलो हाफमा अग्रता बनाएको थियो । उनले खेलको १३औं मिनेटमा गोल गरेका थिए ।

खेलको इन्जूरी समयमा सौरभ लिम्बुले गोल गरेपछि सहज जितका साथ मछिन्द्रले ३ अंक जोड्न सफल रह्यो । २० खेलबाट ३४ अंक बनाएको मछिन्द्र शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडसँग २ अंकले पछि छ । चर्चब्वाइजले १ खेल कम खेलेको छ । नवौं स्थानमा रहेको एनआरटीको २० खेलबाट २३ अंक छ ।

सोही समयमा दशरथ रंगशालामा भएको खेलमा मनाङ मर्स्याङदीले लिगमा लगातार छैटौं बराबरी खेलेको छ । कीर्तिमानी ८ पटकको लिग च्याम्पियन मनाङका लागि यो सिजन निराशानजक छ । दुईपटकको अग्रता जोगाउन नसक्दा मनाङले एपीएफसँग अंक बाँडेको हो ।

खेलको १३औं मिनेटमा पाएको पेनाल्टी उपयोग गरी मनाङका विदेशी फरवार्ड तिमोथी कुडोले टिमलाई अग्रता दिलाएका थिए । तर, २०औं मिनेटमा नवीन लामाले बरारबी गोल फर्काए । २६औं मिनेटमा सुमित श्रेष्ठले गोल गरेपछि पहिलो हाफमा मनाङ अगाडि रह्यो ।

६४औं मिनेटमा एपीएफका लागि अर्मान्ड बेडोमले गोल गरेपछि खेल बराबरी भएको हो । लिगमा समग्रमा नवौं बराबरी खेलेको मनाङ २० खेलबाट २३ अंकसहित आठौं तथा एपीएफ समान खेलबाट २३ अंकसहित दशौं स्थानमा छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu