Connect with us
Kapilvast Forest

स्विटजरल्याण्ड पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ

२०८०, ८ जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं- स्विटजरल्याण्ड पठाइदिन्छु भनी रकम ७ लाख रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-४ स्थायी घर भई हाल बाँके कोहलपुर नगरपालिका-११ दशबिघा बस्‍दै आएकी ४६ वर्षीया पार्वती थापा रहेकी छिन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीलाई उनलाई गोंगबुबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।

उनले तुलाराम तारम मगरलाई वैदेशिक रोजगारीका लागि स्वीटजरल्याण्ड पठाइदिन्छु भन्‍दै पटक-पटक गरी ७ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu