Connect with us
Kapilvast Forest

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

२०८०, ८ जेष्ठ सोमबारमा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्‍मतिबाट चयन भएका छन् । सोमबार जसपा संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको बैठकले उपेन्द्र यादवलाई सर्वसम्मतिले संसदीय दलको नेताका रुपमा चयन भएको उपेन्द्र यादवका प्रमुख स्वकीय सचिव महेश चौरसियाले बताए ।

यसअघि जसपाको संसदीय दलको नेता रामसहायप्रसाद यादव थिए । उनी उपराष्ट्रपतिमा बनेपछि संसदीय दलको नेता को हुने भन्‍नेमा आन्तरिक रुपमा छलफल भइरहेको यियो ।

गत वैशाख १० गते भएको प्रतिनिसभा सदस्‍यको उप निर्वाचन यादव बारा-२ बाट सांसद जितेका थिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu