Connect with us
Kapilvast Forest

गौतमबुद्धको अध्यक्षमा जहिरुलले उम्मेदवारी दिने

२०८०, १४ जेष्ठ आईतवारमा प्रकाशित

कपिलवस्तुको गौतमबुद्ध साझेदारी बनको उपभोक्ता समुहको अध्यक्ष पदमा डाक्टर जहिरुल खाँले उम्मेद्वारी दिनुहुने भएको छ । बनको पुर्व अध्यक्ष समेत रहेका खाँ नमुना साझेदारी वनको रुपमा विकास गर्ने अभियानका साथ लाग्ने उम्मेदवारी दिने बताउनु भयो ।
साझेदारी हितमा काम गर्ने डाक्टर जहिरुल खाँले सबैको अपनत्व ह्ुने खालको वन निर्माण गर्ने उदेश्यले उम्मेदवारी घोषणा गरेको बताउनु जानकारी दिनुभयो ।

वनलाई वन संरक्षण, उपयोग र व्यबस्थापनका लागि आफु सदैव लागिपर्ने बताउनुभयो । वनहरूले देशको सामाजिक र आर्थिक विकासमा महत्वपूर्ण योगदान रहेको बताउँदै बनलाई व्यवस्थित बनाउँदै यस साझेदारी बनको संरक्षणमा अहोरात्र खटेर खाँले बताउनुभयो  ।

बन फँडानी बढ्दै जाँदा प्राकृतिक सम्पदा र जलवायु परिवर्तनसँग सामना गर्ने क्षमतामा निर्भर पारिस्थितिक प्रणालीलाई खतराबाट जोगाउन आवश्यक रहेको जिकिर गर्नुभयो ।

बन–जङ्गल मानव जीवनसँग जोडिएकोले यसको संरक्षण गर्न सबै नागरिक दायित्व भएको बताउँदै गौतमबुद्ध साझेदारी बन व्यवस्थापन समितिको सदस्यमा चुनिएका सम्पूर्ण सदस्यहरुलाई अध्यक्ष पदमा अत्याधिक मतले विजयी बनाउन डाक्टर जहिरुल खाँले अनुरोध गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu