Connect with us
Kapilvast Forest

मिस नेपाल २०२३ बनिन् श्रीच्छा प्रधान

२०८०, १४ जेष्ठ आईतवारमा प्रकाशित

मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । आज (शनिबार) सम्पन्न भएको उक्त प्रतियोगितामा उनी मिस नेपालको ताज पहिरिन सफल भएकी हुन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन हलमा स्रम्पन्न भएको ग्राण्ड फिनालेमा प्रधानले फाइनलमा पुगेका २४ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै उपाधि जितेकी हुन् ।

उनलाई अघिल्लो वर्षकी मिस नेपाल उपाधि विजेता प्रियंकारानी जोशीले मिस नेपालको ताज पहिराइदिएका हुन् । ग्राण्ड फिनालेमा मिस नेपाल इन्टरनेशनलको उपाधि प्रसिद्धि शाहले जितेकी छन् भने रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जितिन् । यसका साथै १२ सहविधाका विजेता समेत घोषणा उक्त समारोहमा घोषणा गरिएको छ ।

काठमाडौँकी स्थायी बासिन्दा रहेकी मिस नेपाल उपाधि विजेता प्रधान वातावरण विज्ञानमा स्नातक तहमा अध्ययनरत छिन् । २३ वर्षिया प्रधान आफूलाई वातावरण अभियन्ताको रुपमा चिनाउन रुचाउँछिन् । उनी पहिलो मिस नेपाल रुवि राणाकी छोरी हुन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu