Connect with us
Kapilvast Forest

नेपाल–भारत कृषि सहकार्य सम्झौता पुनः नवीकरण हुने

२०८०, १७ जेष्ठ बुधबारमा प्रकाशित

नेपाल र भारत बीच कृषि क्षेत्र सहकार्य सम्झौता पुनः नवीकरण हुने भएको छ । बुधबारदेखि सुरु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा दुई देशबीच यस्तो सम्झौता हुने भएको हो ।

नेपाल र भारतबीच कृषि विकास सहकार्यको यस्तो सम्झौता कृषि उपज, बिउ बिजन, प्रविधि र कृषि जोखिम न्यूनीकरण उपायहरु आदान प्रदानमा केन्द्रित छ । उन्नत बिउ, घाँस र नश्ल सुधार विकास, कृषि उपजको विषादी परीक्षण र विषादी व्यवस्थापन सम्झौताको मुख्य प्राथमिकता भएको मन्त्रालयले जनाएको छ ।

नेपाल–भारतबीच ३० वर्ष अघि भएको यस्तो सम्झौता सन् २०२१ मा कोभिड–१९ महामारीपछि बिच्छेद भएको थियो ।

सन् १९९१ मा भएको कृषि सहकार्य सम्झौता पुनः नवीकरणका लागि मन्त्रालयको टोली प्रधानमन्त्रीको भ्रमण दलमा नयाँ दिल्ली पुगेको छ । कृषि तथा पशुपन्छी सचिव डा. गोविन्द शर्माले नेपालको तर्फबाट सम्झौतामा हस्ताक्षर गर्नेछन् ।
सभार: अनलाइनखबर

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu