Connect with us
Kapilvast Forest

रेशम चौधरीले भने : २०८४ मा चुनाव लड्ने हो

२०८०, १७ जेष्ठ बुधबारमा प्रकाशित

धनगढी-गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएपछि रिहा भएका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले आफू फेरि चुनाव लडेर जनप्रतिनिधि बन्ने बताएका छन् ।

बुधबार कैलाली आएका उनले पत्रकारहरुसँगको कुराकानीमा आफू २०८४ मा हुने आम निर्वाचनमा उम्मेदवार बन्ने बताएका हुन् ।

२०७२ भदौमा कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा भएको हिंसात्मक झडपमा ७ सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थियो । उक्त घटनामा दोषी ठहर भई जन्मकैदको भोगिरहेका चौधरीलाई गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । टीकापुर घटनामै दोषी ठहर भई जेलमा रहेका हरुलाई बुधबार भेट गरेका चौधरीले पत्रकारहरुसँगको कुराकानीमा आफ्नो राजनीतिक यात्राको बाटो नछेकिएको बताए ।

जन्मकैदको सजायबाट आममाफी पाए पनि जनप्रतिनिधि बन्न कानुनी बन्देज छ नि भन्ने पत्रकारको प्रश्नको जवाफमा रेशमले भने, ‘कसले भन्यो छेकिएको छ ? २०८४ मा म उठ्न्या हो, चुनाव जित्न्या हो ? कानी बन्देज कहाँ छ र कहीँ छैन’ चौधरीले भने, ‘रेशम दाजु चुनाव लड्न्या हो, जित्न्या हो र यो देशको बागडोर सम्हाल्ने हो ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu