Connect with us
Kapilvast Forest

सामाजिक संस्थाहरुले निस्वार्थ सेवाभावले काम गर्नुपर्छ : सभामुख घिमिरे

२०८०, २० जेष्ठ शनिबारमा प्रकाशित

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निस्वार्थ सेवाभावका साथ काम गर्न सामाजिक संघ, संस्थाहरुलाई आग्रह गर्नुभएको छ । नेपाल जाति, भाषा, कला, संस्कृति आदि सबै हिसावले समुन्नत रहेकाले त्यसको प्रचार गर्ने काममा पनि सामाजिक संघ, संस्थाहरुको भूमिका महत्वपूर्ण हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

फोकस नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले त्यस्तो बताउनुभएको हो । भौतिक रुपमा नेपाल गरिवीको चपेटामा रहेको भए पनि भाषा, कला र संस्कृतिको हिसावले समुन्नत रहेको उहाँले चर्चा गर्नुभयो । समाजसेवालाई महान कार्यको रुपमा उल्लेख गर्दै सभामुख घिमिरेले त्यसको माध्यामबाट समाजलाई माथि उठाउन सकिने बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu