Connect with us
Kapilvast Forest

लुम्बिनी केबलकार चढ्नेको भीड, एकैदिन तीन हजार बढी

२०८०, २१ जेष्ठ आईतवारमा प्रकाशित

प्रहलाद यादव, लुम्बिनी- बुटवल बमघाटदेखि बसन्तपुरसम्म सञ्चालनमा आएको लुम्बिनी केबलकारमा शनिबार तीन हजार जना भन्दा बढीले यात्रा गरेका छन् । शनिबार सार्वजनिक विदा भएकाले बिहानैदेखि केबलकार चढ्नेको भीड लागेको लुम्बिनी केबलकार प्रालिले जनाएको छ । जेठ १५ गतेदेखि व्यवसायिकरुपमा सञ्चालनमा आएको केबलकारमा शनिबार हालसम्मकै सबैभन्दा बढी तीन हजार बढी संख्यामा मानिसहरु आएको आयोजना प्रमुख गोकुल साउदले बताए ।

लुम्बिनी प्रदेशकै पहिलो केबलकार भएको र टप स्टेशन बसन्तपुर समुद्री सतहबाट ९४० मिटरको उचाइमा रहेकाले चर्को गर्मीमा पनि बसन्तपुरमा शितल हुने हुंदा प्रचण्ड गर्मी छल्न केबलकार चढ्नेको भीड लागेको साउदले बताए । बसन्तपुरमा कामाख्यादेवीको मन्दिर सहित सहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुङ्गे धारा, पोखरी आदि संरचनाहरू निर्माण भएकोले मन्दिरको दर्शनका लागि पनि भक्तजनहरु आउने गरेको ब्यासाचार्य किशोर गौतमले बताए ।

केबलकारमार्फत बटम स्टेसनबाट १० मिनेटको यात्रामै टप स्टेसनमा पुग्न सकिन्छ । बसन्तपुरबाट बुटवलको मनोरम दृश्य देख्न सकिने र गर्मी ठाउँबाट आएका पर्यटकलाई ९४० मिटरको उचाइमा रहेको स्थानमा पुग्दा आनन्दको अनुभूति हुने ब्यासाचार्य गौतमको भनाई छ । सहकारीका सदस्यलाई निःशुल्क यात्रा यसैबीच आइएमई ग्रुप अन्तर्गतको आइएमई कोअपरेटिभ सर्भिस लि. बुटवल सेवा केन्द्रले आफ्ना सदस्यहरुलाई निःशुल्करुपमा केबुलकार यात्रा र कामाख्यादेवी मन्दिर दर्शन गराएको छ ।

सहकारीले शुक्रबार र शनिबार गरी तीन सय जना भन्दा बढी शेयर सदस्यहरुलाई केबलकार यात्रा गराएको आइएमई कोअपरेटिभ सर्भिस लि. बुटवल सेवा केन्द्रका व्यवस्थापक विष्णु वस्तीले बताए । सो अवसरमा आइएमई ग्रुपका निर्देशक रुद्र पौडेलले शेयर सदस्यहरुलाई स्वागत गरेका थिए ।

कूल ५ अर्ब रुपैयाँ लागतको आयोजना मध्ये पहिलो चरणमा केबलकारमा साढे तीन अर्ब लगानी भएको छ भने टप स्टेसनमा डेढ अर्ब लागतमा डेढ सय कोठाको पाँचतारे होटेल, क्यासिनो र ७ सय जना क्षमताको सेमिनार हल, पार्कलगायतका संरचना निर्माण हुने क्रममा छन् । आईएमई समूहको मुख्य लगानी रहेको यसमा ४९ प्रतिशत लगानी स्थानीयको रहेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu