Connect with us
Kapilvast Forest

सिद्घार्थकाे अध्यक्षमा सुरेन्द्र चयन

२०८०, २४ जेष्ठ बुधबारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
सिद्घार्थ आधारभूतकाे अध्यक्षमा सुरेन्द्र प्रसाद चाैधरी पुन: चयन भएका छन् । जिल्लाकाे शिवराज नगरपालिका वडा नम्बर-५, खैरी अवस्थित विद्यालयमा चाैधरीकाे नेतृत्वमा ९ सदस्यीय व्यवस्थापन समिति गठन भएकाे जनाइएको छ ।

एक कार्यक्रमका बीच वडा नम्बर-५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासेले शैक्षिक गुणस्तर थप मजबुत बनाउनुपर्ने बताए ।

विद्यालयकाे भाैतिक अवस्था सुधार भएकाे प्रशंसा गर्दै शिक्षालाई प्राथमिकतामा राखी बालबालिकाहरुलाई विद्यालय पठाउन आग्रह समेत उनले गरे । साेमबार नव निर्वाचित पदाधिकारीलाई तदारुकताका साथ कार्य अगाडि बढाउनु पर्नेमा वडा अध्यक्ष बेल्वासेले जाेड दिए ।

यस्तै नवनिर्वाचित अध्यक्ष चाैधरीले विद्यालयलाई मजबुत बनाउन सबैकाे साथ सहयाेग आवश्यक रहेकाे बताए । समाजका अग्रपंक्तिमा रहेर कुशल भूमिका निर्वाह गरेकाे दावी गर्दै जाेडताेडका साथ समुदायका आमनागरिकसँग समन्वय गरि विद्यालयलाई अघि बढाउने प्रतिबद्धतासमेत उनदे जाहेर गरे ।

साथै विद्यालय संस्थापक तथा शिवराज नगरपालिका शिक्षा सदस्य लक्ष्मण प्रसाद निराैला, स्थानीय समाजसेवी मान बहादुर सुनार र सन्ताेष थारुलगायतले पदाधिकारीलाई शुभकामना व्यक्त गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu