Connect with us
Kapilvast Forest

विद्यालयमा शैक्षिक सामग्रीको प्रयोग गरिँदैन , गफ धेरै हुन्छ

२०८०, २४ जेष्ठ बुधबारमा प्रकाशित

सामुदायिक विद्यालयहरुमा पठनपाठनका क्रममा शैक्षिक सामग्रीको प्रयोग कम हुने गरेको एक अध्ययनले देखाएको छ । सामुदायिक विद्यालय सुदृढीकरण अभिभावक विश्वास र सहभागिता २०८० अध्ययन प्रतिवेदनका अनुसार सामुदायिक विद्यालयमा पठनपाठनमा शिक्षकको गफमात्र बढी हुने गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको योजना तथा अनुगमन महाशाखा अन्तर्गत जनशक्ति विकास योजना तथा समन्वय शाखाले तयार पारेको प्रतिवेदनमा भनिएको छ ‘विद्यालयमा उपलब्ध शैक्षिक सामग्री प्रयोजनमा प्रयोग कम हुने तथा प्रदर्शन बढी र गफ मात्र गरेको पाइयो ।’

प्रतिवेदनमा विद्यालयमा भएको विज्ञान ल्याबमा विद्यार्थीले समान पहुँच नपाएको समेत विद्यार्थीले गुनासो गरेको उल्लेख गरिएको छ । ‘कक्षा ६–८ का विद्यार्थीले ल्याब देख्नै नपाउने, ९–१० का विद्यार्थीले कक्षामा प्रयोग सीमित मात्र र कक्षा ११–१२ विज्ञान समूहले मात्र बढी सुविधा पाएको गुनासो पाइयो’ प्रतिवेदनमा भनिएको छ ।

शाखाले देशभरका ५४ वटा विद्यालयमा स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेको जनाएको छ ।

अध्ययन गरिएका ५४ विद्यालयमा एक लाख ३३५ विद्यार्थी अध्यापन गराउन एक एक हजार ६४४ जना शिक्षक रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनका अनुसार आन्तरिक स्रोतबाट १ हजार ८९१ जनशक्ति व्यवस्थापन गरी शिक्षक विद्यार्थी अनुपात २८.३८ प्रतिशत बनाइएको छ ।

प्रतिवेदनले आन्तरिक स्रोतबाट शिक्षक व्यवस्थापन नगरिएको भए शिक्षक विद्यार्थी अनुपात ६१.०३ हुने र अहिलेकै दरमा विद्यार्थी भर्ना र टिकाउ दर नहुने समेत दाबी गरेको छ । त्यसैले आधारभूत तह अर्थात् ८ कक्षासम्म शिक्षामा राज्यको नियमन, व्यवस्थापन र लगानी हुनैपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ ।

सभार: अनलाइनखबर

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu