Connect with us
Kapilvast Forest

भारतीय बजारबाट अवैध र अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा अनुगमन

२०८०, २४ जेष्ठ बुधबारमा प्रकाशित

प्रहलाद यादव, लुम्बिनी-
भारतीय सीमावर्ती बजारबाट अवैध र अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवल उपमहानगरपालिकाले मासु पसलहरु र सप्लायर्सहरुमा अनुगमन थालेको छ ।
बुटवल उपमहानगरपालिकाले भारतीय सीमावर्ती बजारबाट अवैध रुपमा मासु र मासुजन्य पदार्थहरु भित्रिएको सूचनाका आधारमा बुटवलका मासु पसलहरुमा अनुगमन थालेको हो ।
जेठ १४ गतेदेखि जेठ २४ गतेसम्म २९ वटा मासु पसल र सप्लायर्समा अनुगमन गरी १ सय १ किलो अखाद्य मासु र ४ प्याकेट अखाद्य ससेज नफत गरी नष्ट गरेको छ ।

बुटवल उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च बुटवल, मासु व्यवसायी संघ, सञ्चारकर्मीसहितको अनुगमन टोलीले अखाद्य मासु र मासुजन्य पदार्थ जफत गरी नष्ट गरेको बुटवल उपमहानगरपालिकाका कार्यवाहक प्रमुख सावित्रादेवी अर्यालले बताए ।

अनगुमनका क्रममा मापदण्ड पूरा नगरेका, बधस्थल फोहोर र अव्यवस्थित पाइएका, मासु पसल र अन्य पसलहरु एकैठाउमा राखेका, व्यवसाय दर्ता नगरेकाजस्ता मासु पसल तथा सप्लायर्सहरुलाई चेतावनी दिदै सुधार गर्न निर्देशन दिइएको उनले बताए ।

उनले मासुको गुणस्तर र मापदण्ड पूरा नगरेकाहरुलाई कानुनी दायरामा ल्याउने र निरन्तर अनुगमन गरी व्यवस्थित बनाउने बताए । अनुगमनका क्रममा मापदण्ड पूरा नगरेका, अखाद्य मासु बिक्रीका लागि राखेका पसलहरुबाट ४० हजार जरिवाना गराइएको अनुगमन तथा सरसफाई शाखा प्रमुख ठगिश्वर पोखरेलले बताए ।
मानिसले विश्वास गरेर खरिद गर्ने मासु स्वस्थ र स्वच्छ हुनुपर्ने, पशुपंक्षी बध गर्दा र मासु बिक्री गर्दा मापदण्ड पूरा गर्नुपर्ने पशुपंक्षी विकास शाखा प्रमुख झविन्द्र बञ्जाडेले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu