Connect with us
Kapilvast Forest

सम्मरीमाइ– ७ नं. वडाको सार्बजनिक सुनुवाइ सम्पन्न

२०८०, २८ जेष्ठ आईतवारमा प्रकाशित


प्रहलाद यादव,लुम्बिनी

सम्मरीमाइ गाउँपालिका वडा नं.७को सार्बजनिक सुनुवाइ सम्पन्न भएको छ। बेतकुइयाँ स्थित वडा कार्यालयको सभाहलमा सार्वजनिक सेवा तथा विकास निर्माणको प्रभावकारिता विषयमा सेवा प्रदायक र स्थानीय सरोकारवालाहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सरोकारवालाहरूको तर्फबाट कृषक आदर्श माध्यमिक विद्यालय बेतकुइयाँका सहायक प्रधानाध्यपक राजेश यादव, स्वास्थ्यकर्मी तलबुन निशा, सेवाग्रही राम बेलास कुर्मी, इन्द्रजीत धवल लगायतले मुख्यतया शैक्षिक सुधार, विकास निर्माण र बजेट खर्चका बारेमा सुझाव दिएका थिए ।
कार्यक्रममा वडाको संक्षिप्त प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वडा अध्यक्ष राधेश्याम कुर्मिले वडा अन्तर्गतका कुल ३६ मध्ये २७ योजना तथा कार्यक्रम सम्पन्न भइसकेको बताए । उनले भने, ‘अहिले ८ योजना संचालनमा छन् भने जग्गा बिबादका कारण एउटा योजना कार्यान्वयन हुन सकेको छैन ।’
वडाध्यक्ष कुर्मीले २०७९ साउन महिना देखि २०८० जेठ महिनाको २५ गतेसम्म सम्पत्तिकर, मालपोत, घर–जग्गाबहाल कर, सिफारिस दस्तुर, अन्य दस्तुर तथा राजश्व गरि कुल चार लाख ८४ हजार, आठ सय ८२ रूपैया असुलभइ नविल बैंक खातामा दाखिला भएको बताए ।
सरोकारवालाहरूको जिज्ञासाहरूलाई सम्बोधन गर्दै वडाध्यक्ष राधेश्याम कुर्मीले सडक मर्मत तथा पिसीसी ढलान, सामुदायिक भवन मर्मत तथा निर्माण, सिंचाइ प्रयोजनका लागि बिद्युतीकरण, कृषकलाइ बिउ बितरण, बिभिन्न स्वास्थ्य शिविर संचालन र जेष्ठ नागरिकलाइ सम्मान कार्यक्रम गरिएको बताए ।
उनले बिद्यार्थीलाइ पोशाक तथा शैक्षिक सामाग्री बितरण, सिंचाइका लागि बोरिंग जडान, नहरमा ब्लकनाली निर्माण, मदरसा–बिद्यालय भवन मर्मत, बिपत पूर्ब तयारी तालिम, खेलकूद सामाग्री बितरण, मेलमिलापकर्तालाइ क्षमता बिकास तालिम, महिला स्वास्थ्य स्वयम् सेविकालाइ प्रोत्साहन तथा खोप क्लिनिक लगायतका कार्यक्रम संचालन भएको बताए ।
उनले भने, ‘प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडाका ८०जना बेरोजगारलाइ सुचीकृत गरिएको छ भने ३० जना बेरोजगारलाइ तीन हजार दिन काम दिइएको छ ।’ वडाभरिमा रहेका नहर, नाली तथा कुला–नालाको सरसफाइ गरि सिंचाइ तथा जलनिकासको ब्यवस्थापन गरिएको उनले बताए ।
स्थानीय तहमा भएका गतिविधिहरुको बारेमा सार्बजनिक सुनुवाइमा सहभागीहरुले सोधेको प्रश्नमा वडाध्यक्ष राधेश्याम कुर्मी, सामुदायिक विपत ब्यवस्थापन राष्ट्रिय संजाल नेपालका राष्ट्रिय अध्यक्ष जगन्नाथ प्रसाद कुर्मी, दलित सामाजिक बिकास केन्द्रका अध्यक्ष छोटे प्रसाद हरिजन, वडासचिव बसन्तराम यादव र स्वास्थ्य चौकी प्रमुख लगायतले जवाफ दिएका थिए ।
दलित सामाजिक बिकास केन्द्रको प्राबिधिक सहयोग तथा संस्थाका सदस्य चन्द्रिका हरिजनद्वारा संचालित कार्यक्रमको समापन गर्दै वडाध्यक्ष कुर्मीले वडामा भए गरेका गतिविधिमा आफ्नो साझा चिन्तन रहेको र सार्वजनिक सुनुवाइमा सुझाव तथा सल्लाह दिएकोमा धन्यवाद दिएका थिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu