Connect with us
Kapilvast Forest

शिवराजमा राष्ट्रिय स्वतन्त्र पार्टी नगरकमिटीले पायो पुर्णता, सभापतिमा पाण्डे चयन

२०८०, २७ जेष्ठ शनिबारमा प्रकाशित

कपिलवस्तु- शिवराज नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी कमिटी गठन भएको छ।

रास्वपा कपिलवस्तु शिवराजनगर कमिटी पुर्णता पाएसंगै बालकृष्ण पाण्डे सभापतित्वमा १३ सदस्यीय नगरकमिटी गठन भएको हो।

यस्तै शिवराज नगरकमिटीको उपसभापतीमा पुर्णा थापा , सचिवमा सागर पौडेल र कोषाध्यक्षमा शिशिर पौडेल चयन हुनुभएको छ ।

रास्वपा शिवराज नगरकमिटीको गठनपछि बसेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीमा प्रवेशमा इच्छित व्यक्तिहरुलाई मध्यनजर गर्दै गाउँ–गाउँ टोल–टोल सम्म संगठन बिस्तार गरेर अघि बढ्ने साझा संकल्प गरेको छ ।

सभापति पाण्डेले शिवराजमा संगठन बिस्तारको लागि छिट्टै पार्टी प्रवेशको कार्यक्रमको तयारी भएको जानकारी दिनुभयो ।

शिवराज कमिटी गठनमा रास्वपाका कपिलवस्तु जिल्ला संयोजक तथा लुम्बिनी प्रदेश सदस्य शिव सुबेधी, प्रदेश सदस्य दिपक बेल्बासे लगायत शिवराजका स्थानिय समाजसेवीहरुको समेत उपस्थित रहेको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu