Connect with us
Kapilvast Forest

फलोअप उपचारका लागि सिंगापुर गए देउवा

२०८०, ३१ जेष्ठ बुधबारमा प्रकाशित

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फलोअप स्वास्थ्य उपचारका लागि मंगलबार सिंगापुर प्रस्थान गरेका छन्।

गएराति १२ बजे सिंगापुर एयरलाइन्सको विमानमार्फत सभापति देउवा पत्नी आरजु र भतिज भानुसहित त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सभापति देउवा नियमित फलोअपका लागि सिंगापुर गएका हुन्।

उनी २, २ वर्षमा फलोअपमा जानुपर्नेमा अहिले ३ वर्षमा जान लागेको सचिवालयले जनाएको छ ।

उनीहरू करिब एक सातापछि स्वदेश फर्कने सचिवालयले जानकारी दिएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu