Connect with us
Kapilvast Forest

कुनै पनि बाहानामा उपभोक्तालाई ठग्न पाईदैन ः मेयर पौडल

२०८०, २८ जेष्ठ आईतवारमा प्रकाशित

कपिलवस्तु-
कपिलवस्तुको तौलिहवामा मासु जाच ऐन सहजीकरण कार्यक्रम अन्र्गत सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम गरिएको छ । कपिलवस्तु नगरपालिकाद्धारा आयोजित कार्यक्रममा मेयर सुदीप पौडेलले मापन्ड अनुसार मासु पसल संचालन गर्न मासु ब्यवसायश्ीलाई आग्ह गरेका छन ।

उनले आफनो पसललाई अनिवार्यरुपमा नगरपालिकामा दर्ता गरी मापन्दड अनुसारका मासु पसल संचालन गर्न आग्रह गरे । ‘ कुनै पनि बाहानमा उपभोक्ताहरुलाई ठग्न पाईदैन ’ उनले भने ‘ आफनो पसललाई सफा राखेर सुद्ध र स्वच्छ मासु बेच्नु पर्छ ’ ।

उनले ब्यवस्थित बधशाला निर्माण र आवश्यक सामाग्रीहरु खरिदकालागि नगरपालिकाले आवश्यक्ता अनुसार ब्यापारीहरुलाई सहयोग गरिने उनले बताए । कार्यक्रममा भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका पशु विकास अधिकृत डाक्टर गणेश पुनले पशु बधशाला र मासु जाँच ऐन २०५६ र नियमावली २०५७ का बिषयमा जानकारी गराएका थिए । उनले मासु ब्यवसायीले मापदन्ड अनुसार बधशाला निर्माण गरी स्वच्छ र सफा मासु बेच्नु पर्ने बताए ।

यता उपभोक्ताहरुले भने तौलिहवा बजारमा बधशाला फोहर र अब्यस्थित रहेको बताउछन । उनीहरुले मासु ब्यवसायीले खसीको नामा बाख्रा, बुढी बाख्रार र मरेको खसी बाख्राहरु समेत केही मासु ब्यवासयीहरुले बेच्ने गरको गुनासो गर्छन ।

नगरपालिकाका उप सचिव हरि प्रसाद ज्ञवालीको अध्यक्षता, भगवान दास गुप्ताको संचालन र नगरपालिका पशु शाखाका प्रमख भोजराज पाण्डेयको स्वागत मन्तब्यमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा सहभागी मासु ब्यवसायीmले आफुहरुलाई ब्यवस्थित बधशाला निर्माणर आवश्यक सामाग्री नगरपालिकाले उपलब्ध गराउनु पर्ने माग गरे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu