Connect with us
Kapilvast Forest

समुदायको अगुवाहरुकालागि ३ दिने समाबेशीकरण तालिम

२०८०, २८ जेष्ठ आईतवारमा प्रकाशित

कपिलवस्तु-
कपिलवस्तुको तौलिहवामा समुदायको अगुवाहरुकालागि ३ दिने समाबेशीकरण तामिम सुरु भएको छ । युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आगोगको सचिवालय काठमाण्डौको सहयोगमा दलित सामाजिक विकास केन्द्रको आयोजानामा तालिम सुरु भएको हो ।

स्थानीय सरकारसंग पैरबी परियोजना अन्र्गत दलित सिमान्तकृत मुस्लिम पछाडी पारिएका समुदायको सशक्तिकरण गर्न कार्यक्रम संचालन गरिएको केन्द्रका निर्देशक रामशरण रैदासले बताए । सो अवसरमा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले गाउ गाउमा गरिएको पैरवी कार्यक्रमले अहिले परिवर्तन आएको बताए । दलित समुदायमा आफनो हक अधिकारकालागि आवाज उठाउन सुरु गरेको उनले बताए ।

सो अवसरमा युनेस्कोका निमित्त राष्ट्रिय आयोगका सहायक निर्देशक रामेश्वर यादवले कार्यक्रमले दलित र पछी पारिएको समुदायको सशक्तिकरणा मुद्दत मिल्ने बताए । संस्थाका अध्यक्ष संजय कुमार कोरीको अध्यक्षता र निर्देशक रैदासको स्वागत मन्तब्यमा भएको कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य र गैससका जिल्ला अध्यक्ष प्रबीण कुमार श्रीवास्तवलले मन्तब्य दिएका थिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu