Connect with us
Kapilvast Forest

बुटवल–गोरुसिङ्गे–चनौटा सडक चार लेनको स्तरोन्नति सुरु

२०८०, २९ जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौँ- नेपाललाई अन्तर्राष्ट्रिय राजमार्गमा जोड्ने गरी सडक स्तरोन्नति सुरु भएको छ। पूर्वी दक्षिण एसियाको यातायात र व्यापार आबद्धता अभिवृद्धि (एक्सेस) अन्तर्गत पूर्व पश्चिम राजमार्गको बुटवल–गोरुसिङ्गे–चनौटा सडकको ६९ किलोमिटर दुई लेन खण्डलाई जलवायु उत्थानशील चार लेनको राजमार्गमा स्तरोन्नति गरिन लागेको हो।

विश्व बैङ्कको करिब ३५ अर्ब रुपियाँ (२७ करोड ५० लाख डलर) बराबरको सहयोगमा आयोजनाको सुरुवात भएको हो। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र विश्व बैङ्कका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राइजरले आइतबार एक कार्यक्रममा आयोजनाको सुरुवात गर्नुभयो।

विश्व बैङ्कका अनुसार विशेष गरी महिला उद्यमी र व्यापारीका लागि आर्थिक अवसर वृद्धिमा ध्यान दिँदै आयोजनाले राजमार्गमा आवश्यक इन्टरनेट र व्यापार सूचना सुविधासहित कम्तीमा तीन वटा बजार क्षेत्र निर्माण गर्ने गरी आयोजना डिजाइन गरिएको छ। बङ्गलादेश, भुटान, भारत र नेपालले परस्पर क्षेत्रमा मालसामान र यात्रुबाहक सवारीसाधनको सहज आवतजावत गर्ने गरी नेपालको पूर्वतयारी तथा कार्यान्वयनका लागि यस आयोजनाले सहयोग गर्नेछ।

यस आयोजनालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले संयुक्त रूपमा कार्यान्वयन गर्नेछन्। नेपाल सरकार र विश्व बैङ्कबिच सेप्टेम्बर २०२२ मा यस आयोजनाको वित्तीय सम्झौतामा हस्ताक्षर भएको थियो।

विश्व बैङ्कद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सडक सुरक्षा सुनिश्चित गर्दै, यस आयोजनाले उक्त सडकमा यात्रा समय ३० प्रतिशतले घटाउने अपेक्षा गरिएको छ। फलस्वरूप भारतको पश्चिमी बन्दरगाहसम्म नेपालले सहज पहुँच प्राप्त गर्नेछ।” विश्व बैङ्कका अनुसार पूर्वी दक्षिण एसियाको यातायात व्यापार आबद्धता अभिवृद्धि आयोजना (एक्सेस) मा नेपाल जोडिएको हो। यो आयोजनाले नेपालमा छनोट गरिएका व्यापारिक कोरिडोरलाई व्यापार र यातायात लागत र पारवहन समय घटाएर व्यापार अन्तरआबद्धता सुधार गर्न मद्दत पु-याउने विश्व बैङ्कले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। शुभारम्भ समारोहमा भौतिक पूर्वाधारमन्त्री ज्वालाले एक्सेस आयोजनाले नेपालमा उत्थानशील पूर्वाधारको विकासमा सहयोग पु-याउनुका साथै नेपालका विभिन्न प्रदेशबिच तथा छिमेकी मुलुकसँग यातायात र व्यापार आबद्धता थप सुदृढ गराई आर्थिक सम्भाव्यताको ढोका खुल्ने विश्वास व्यक्त गर्नुभयो।

विश्व बैङ्कका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राइजरले थप परिस्कृत यातायात र व्यापार आबद्धताले नेपाललगायत दक्षिण एसियाली देशबिचको आर्थिक समायोजनलाई प्रवद्र्धन गर्ने उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “यस एक्सेस आयोजनाले बृहत् व्यापार र बजारको मार्ग खोल्ने छ। साथै यसले नेपालमा क्षेत्रीय व्यापार वृद्धि गर्नुका साथै दिगो पूर्वाधार विकासमार्फत हरित, उत्थानशील तथा समावेशी विकासलाई सघाउने छ।”

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu