Connect with us
Kapilvast Forest

डुबेर दुई बालककाे मृत्यु

२०८०, २९ जेष्ठ सोमबारमा प्रकाशित

बाँकेको खजुरा गाउँपालिकास्थित पुरैना नजिकै मानखोलामा पौडी खेल्न गएका दुई जना बालबालिकाको खोलामा डुबेर मृत्यु भएको छ । प्रहरीका अनुसार अत्याधिक गर्मीका कारण खजुरा ६ दस विगाहाका चार जना बालबालिका नजिकैको मानखोलामा सोमवार दिउँसो १२ बजेतिर नुहाउन गएकोमा दुई जना खोलामा डुबेका थिए ।

ईलाका प्रहरी कार्यालय धनौली खजुराका प्रमुख प्रहरी निरिक्षक सन्दिप बेलवासेले दिनुभएको जानकारी अनुसार खोलामा नुहाउन गएका १८ वर्षकी लक्ष्मी डाँगी र ९ वर्षका किरण नेपाली डुबेर बेपत्ता भएको खबर आएलगत्तै पुगेको प्रहरीले खोजतलास गर्दा बालिका डाँगीको शव भेटिएको थियो भने नेपालीको शव अपरान्ह तीन बजे मात्र भटिएको हो ।

प्रहरी निरिक्षक बेल्वासेले नुहाउन गएका अन्य दुई जना बालबालिका भने सकुशल रहेको जनाउँदै डुबेर मरेका बालबालिकाको मुचुल्का तयार गरेर शवलाई पोस्टमार्टमका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा पठाईएको बताउनुभयो ।

अत्याधिक गर्मीका कारण बालबालिका खोला नालामा नुहाउन जाने क्रम बढेको भन्दै बाँके प्रहरीले साना बालबालिकालाई एक्लै खोला नालामा जान नदिन अभिभावकहरुसँग आग्रह गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu