Connect with us
Kapilvast Forest

बालाजी सिमेन्ट उद्योगले बहुबलि र श्रृष्टी सिमेन्ट भारत निर्यात गर्याे

२०८०, २९ जेष्ठ सोमबारमा प्रकाशित

कपिलबस्तु- कपिलबस्तुको बालाजी सिमेन्टले आफ्ना उत्पाद्न भारत निर्यात सुरुवात गरेकाे छ ।

बालाजी सिमेन्ट इण्डस्ट्रिजबाट उत्पादन भएकाे बहुबलि तथा श्रृष्टी ब्राण्डका पिपिसि सिमेन्ट भारत निर्यात सुरु गरेकाे हाे ।

उद्याेगका संस्थापक ऋषिकेश अग्रवालले भारत सरकार गुणस्तर बिभागद्वारा ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्स (बिआईएस) प्राप्त गरेसंगै साेमबारदेखि भारत निर्यातकाे सुरूवात गरेकाे जानकारी दिनुभयाे ।

कम्पनीले पहिलाे चरणमा भारत उत्तरप्रदेशकाे सिद्धार्थनगरमा रहेकाे क्लासिक इन्टरप्राईजेज डिलरलाई ४२ टन सिमेन्ट पठाएर निर्यात सुरु गरेको हाे ।

उक्त सिमेन्ट कपिलबस्तुको कृष्णनगर नाका हुँदै भारत पठाईएकाे अग्रवालले जानकारी दिनुभयाे ।

बालाजी सिमेन्ट उद्योगको दैनिक १ हजार ६ सय टन सिमेन्ट उत्पादन क्षमता रहेको छ ।

शिवराज नगर पालिकाका प्रमुख अजय थापाले कपिलवस्तुकाे शिवराज नगरपालिकाबाट जिल्लाकै पहिलाे पटक निर्यातको सुरुवात हुनु गर्वको बिषय रहेको बताउनुभयो ।

आयात मात्रै हुने गरेको नेपालमा यसले केही सकारात्मक सन्देश दिएकाे बताउनुभयाे

उद्याेगका प्रवन्ध निर्देशक रौनक अग्रवालले भारत निर्यातकाे सुरूवातले नेपाली सिमेन्ट सरकारकाे साथ सहयाेग प्राप्त गरे निर्यात बढ्दै जाने बताउनुभयो ।

२०७७ सालमा स्थापना भएको बालाजी सिमेन्ट ईण्डस्ट्रिज उद्योगमा जर्मनको लोच्से कम्पनीको भिआरएम प्रबिधी जडान छ। यो सिमेन्ट उद्योगको लागी बिश्वकै उच्चस्तरीय प्रविधी भएकाे अग्रवालले बताउनुभयाे ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu