Connect with us
Kapilvast Forest

आएमई २३ औँ वर्षमा प्रवेश,रेमिट्यान्सलाई सहज बनाउने प्रतिवद्धता

२०८०, ३० जेष्ठ मंगलवारमा प्रकाशित

काठमाडाै- आईएमई लिमिटेड २३ औँ वर्षमा प्रवेश गरेकाे छ। २३ औँ वर्ष प्रवेशको अवसरमा आईएमईले सोमवार काठमाण्डाैमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

‘निरन्तर सहयात्रा विश्वासको’ भन्ने मूल नाराका साथ मनाइएको समारोहमा आईएमई लिमिटेड तथा आईएमई ग्रुपका उपाध्यक्ष, आबद्ध कम्पनीहरूका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन प्रमुखहरूलगायतकाे उपस्थिति थियो ।

कार्यक्रममा आईएमई ग्रुपका सह-संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले आईएमईको व्यावसायिक यात्राको स्मरण गर्दै यस यात्रामा निरन्तर सहयोग गर्ने सेवाग्राही, नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नियमनकारी निकाय, व्यावसायिक साझेदार, कर्मचारीलगायत सबै शुभचिन्तकहरूमा हार्दिक आभार व्यक्त गर्नुभयो ।

उहाँले अत्याधुनिक प्रविधिको प्रयोग गरी रेमिट्यान्स सेवालाई अझ परिष्कृत, सहज र सुरक्षित बनाउँदै लैजाने प्रतिबद्धता जनाउनुभयाे ।

प्रबन्ध निर्देशक ढकालले वैधानिक माध्यमबाट रेमिट्यान्स भित्र्याई देशको औपचारिक अर्थतन्त्र निर्माणमा योगदान गर्न आईएमई प्रतिबद्ध रहेको र आफ्ना व्यवसायलाई थप विविधीकरण गर्दै लगानी विस्तार गर्ने उल्लेख गर्नुभयो ।

आईएमई लिमिटेडका सञ्चालक तथा आईएमई ग्रुपका वरिष्ठ उपाध्यक्ष सुमन पोखरेलले डिजिटल अर्थतन्त्रको इकोसिस्टम प्रर्वद्धन गरी फिनचेकको अधिकतम उपयोग गर्दै रेमिट्यान्स सेवालाई थप परिष्कृत, सरल र विविधीकरणतर्फ लैजाने बताउनुभयो ।

आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता तथा साझा मूल्य र मान्यतालाई आफ्नो मुख्य कार्यदिशा बनाई सेवा प्रवाह गरिरहेको आईएमई आफ्ना विविधिकृत सेवाको माध्यमबाट आमनागरिकको दैनिक जीवनसँग प्रत्यक्षरूपमा जोडिँदै अघि बढ्ने बताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu