Connect with us
Kapilvast Forest

व्यवसायिक लागत घटाउन सरकारले काम गर्छ : मुख्य सचिव डा. अर्याल

२०८०, १ असार शुक्रबारमा प्रकाशित

काठमाडौँ- नेपाल सरकारका नवनियुक्त मुख्य सचिव डा. बैकुण्ठ अर्यालले व्यावसायिक लागत घटाउन सरकारले विशेष पहल गर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँगको आज भएको भेटमा मुख्य सचिव डा. अर्यालले हालको आर्थिक अवस्था सुधारका लागि सरोकारवाला निकायसँग समन्वय गर्ने बताए ।

मुख्यसचिव अर्यालसँग महासङ्घका पदाधिकारीको भेटबारे प्रेस विज्ञप्ति जारी गर्दै महासङ्घले मुलुकको समग्र व्यावसायिक वातावरण सुधारका लागि सरकारले पहल गर्ने आश्वासन मुख्यसचिवबाट पाएको जनाएको हो ।

भेटका क्रममा महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकालले नवनियुक्त मुख्य सचिव डा. अर्याललाई वधाइ दिंदै विद्यमान मन्दीको अवस्थाबाट अर्थतन्त्रलाई बाहिर ल्याउन सरकारले विशेष पहल थाल्न आग्रह गरे ।

यसैगरी अध्यक्ष ढकालले आर्थिक विधेयकमा गरिएको परिवर्तनले विभिन्न उद्यम व्यवसायमा नकारात्मक प्रभाव देखिएको बताउँदै यसको संसोधनका लागि पहल गर्न आग्रह गरे ।

महासङ्घले निजी क्षेत्रको मर्यादाक्रमको विषय उठाइरहेको र विद्यमान अवस्थामा उद्यमी व्यवसायीको मनोबल उच्च बनाउन आवश्यक भएकोमा अध्यक्ष ढकालले जोड दिए ।

महासङ्घका उपाध्यक्ष सुरकृष्ण वैद्य र हेमराज ढकालले बढदो ब्याजदरका कारण साना व्यवसायी प्रभावित रहेकाले व्यावसायिक लागत घटाउन सरकारले पहल गनुपर्ने बताए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu