Connect with us
Kapilvast Forest

नवलपुरमा चौधरी ग्रुपले खोल्यो रिसोर्ट, पाहुनाहरुले फरक अनुभुति गर्ने

२०८०, १ असार शुक्रबारमा प्रकाशित

नवलपुर -सीजी हस्पिटालिटीले नवलपुरको देवचुलीमा मिराया वेलनेस एण्ड गल्फ रिसोर्ट सञ्चालनमा ल्याएको छ ।

शाश्वतधाम र सीजी इन्डस्ट्रियल पार्कसँगै खुलेको यो रिसोर्ट गल्फ प्रेमीहरूका लागि झनै आकर्षक गन्तब्य बन्ने विश्वास गरिएको हस्पटालिटीले जनाएको छ ।

अध्यात्म, शान्ति र आनन्ददायी वातावरणका लागि यो रिसोर्ट नेपालको उत्कृष्ट सावित हुने सीजी हस्पिटालिटीको विश्वास छ ।

चौधरी ग्रुपका प्रवन्ध निर्देशक एवं सीजी हस्पिटालिटी होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राहुल चौधरीले भने, ‘मिराया रिसोर्ट सीजी हस्पिटालिटीको मुख्य सिद्धान्तहरुलाई मुर्तरुप दिनेगरि तयार गरिएको छ । यहाँ हाम्रा पाहुनाहरुले फरक अनुभुति गर्नु हुनेछ भन्ने मेरो विश्वास छ ।’

यो रिसोर्टलाई नेपालको वेलनेस, आध्यात्मिक शान्तिसहित साहसिक कार्यको लागि नेपालको विशेष रिसोर्टका रुपमा लिइएको हस्पिटालिटीले जनाएको छ ।

मनमोहक देवचुली पर्वतको फेदमा अवस्थित यो रमणीय गन्तब्य, स्वतन्त्र रुपमा भ्रमणमा उत्साही यात्रुहरुका लागि पनि उत्कृष्ट गन्तब्य बन्ने विश्वास लिइएको छ ।

काठमाडौंदेखि पश्चिम, चितवनको सामिप्यमा रहेको मिरायाबाट देवचुली पर्वतको अविरल दृश्यपान गर्न सकिन्छ । यो भगवान बुद्धको जन्म स्थल लुम्बिनी र चितवन राष्ट्रिय निकुञ्ज जस्ता उल्लेखनीय गन्तव्यहरूबाट नजिकको दूरीमा छ ।

मिरायामा पुग्न यात्राका धेरै विकल्प उपलब्ध छन् । यो रिसोर्ट भरतपुर विमानस्थलबाट ३० मिनेटको ड्राइभ, काठमाडौंबाट ५ घण्टाको ड्राइभ र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ घण्टाको ड्राइभमा रहेको छ । साथै, निजी हेलिकप्टरबाट २०–२५ मिनेटमा काठमाडौंबाट मिरायामा अवतरण गर्न सकिन्छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu