Connect with us
Kapilvast Forest

पहिलो पटक ७ वटै प्रदेशमा व्यवसाय शिखर सम्मेलन

२०८०, २५ असार सोमबारमा प्रकाशित

काठमाडौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्च्यिुट (एनबिआई) वीच ७ वटै प्रदेशमा प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलज आयोजना गर्ने भएको छ ।

स्थानीय÷प्रदेश सरकार र सरोकारवाला संघ÷संस्थाहरुसँगको साझेदारीमा २०८० सालभित्र ७ वटै प्रदेशमा प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलन सम्पन्न गर्ने गरी भएको उक्त सम्झौता भएको हो । सम्झौता पत्रमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपालकोतर्फबाट अध्यक्ष पवन कुमार गोल्यान र नेपाल बिजनेस इन्स्च्यिुटकोतर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले हस्ताक्षर गर्नुभएको छ ।

सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले बैंकिङ क्षेत्रको सुधार, विकास एवं स्तरोन्नति, पूँजी निर्माण, सुरक्षित लगानीका नयाँ क्षेत्रहरुको पहिचान तथा लगानी विस्तार, बैंकिङ पहुँच तथा साक्षरता अभिवृद्धि, उत्पादनमूलक, रोजगारमूलक तथा निर्यातमूलक क्षेत्रहरुमा लगानी प्रवद्र्धन, उद्यमशीलता र नवप्रवर्तनको विकास एवं विस्तार, स्वदेशी उत्पादनहरुको प्रवद्र्धनलगायत विषयहरुमा प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलन केन्द्रित रहने बताउनु भयो ।

उहाँले प्रदेश÷स्थानीय सरकार, विभिन्न राजनीतिक दलका नेतृत्वगण, बुद्धिजिवी, उद्यमी÷व्यवसायीहरुको सघन सहभागितामा स्थानीय निकायमा रहेका समस्याहरुको उजागर गर्दै प्रचुर संभावनाका क्षेत्रहरुको पहिचान, स्थानीय सरकारको संरक्षकत्वमा लगानी विस्तार तथा उद्यमशीलताको विकास गर्न महत्वपूर्ण सघाउ पुग्ने अपेक्षा राखिएको बताउनुभयो ।

सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सुनिल के.सी., डेभलपमेन्ट बैंकर्स एसोसियसन नेपालका अध्यक्ष सुयोग श्रेष्ठ, फेडेरेशन अफ नेपालीज एक्सपोटर्स एसोसिएसनकी उपाध्यक्ष देविका बुढााथोकी, फेडेरेशन अफ कम्प्यूटर एसोसिएसन नेपालका उपाध्यक्ष उमेश रघुवंशीलगायतले संघीयता लागू भएपछि यो तहको व्यवसाय शिखर सम्मेलन प्रदेशस्तरमा पहिलो पटक आयोजना हुन लागेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu