Connect with us
Kapilvast Forest

अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति महत्वपूर्ण : अर्थमन्त्री

२०८०, २५ असार सोमबारमा प्रकाशित

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीति खुकुलो बनाउने बित्तिकै हाम्रो अर्थतन्त्रले वित्तीय सहजता महसुस गर्ने बताउनु भएको छ ।

आर्थिक छलफल चौतारी नेपालले आइतबार आयोजना गरेको ‘नेपालको आर्थिक अवस्था र आगामी मौद्रिक नीति’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री डा. महतले भन्नुभयो, ‘मौद्रिक नीतिलाई अलिकति खुकुलो बनाएर लैजादाँ पनि अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्छ ।

यो कुरालाई हामीले स्पष्ट ढंगबाट राष्ट्र बैंकको नेतृत्वलाई भनेका छौं । अब आउने मौद्रिक नीतिमा मार्जिनली पलेसी रेटमा सुधार गर्नुपर्ने आवश्यकता छ । मनिटरी पलेसीको टुल्सहरु समयसापेक्ष प्रयोग हुन आवश्यक छ ।’

‘अर्थतन्त्रलाई चलायमान बनाउन देशको मौद्रिक नीति महत्वपूर्ण पक्ष हो । यसको सञ्चालन गर्न हामीले राष्ट्र बैंकलाई जिम्मा लगाएका छौं । अर्थतन्त्रलाई अगाडि बढाउन सरकारले दिशानिर्देश गर्दै पनि आएको छ । कतिपय अवस्थामा कार्यान्वयन भएको छ, कतिपय अवस्थामा हुन बाकी छ’ मन्त्री डा. महतले भन्नुभयो, ‘यद्यपि राष्ट्र बैंकले स्वयत्त रुपमा काम गरोस् र समग्र अर्थतन्त्रको परिवेश के छ र मौद्रिक नीतिले यसमा कसरी योगदान पुर्याउन सक्छ भन्ने कुरालाई मध्यनजर राखेर नीति आओस् भनेर नै राष्ट्र बैंकलाई एक तहको स्वायत्तता दिएको हो ।’

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu