Connect with us
Kapilvast Forest

बालकृष्ण खाँणको निलम्बनको विषय उठाउने कांग्रेस केन्द्रीय सदस्यहरुको तयारी

२०८०, २७ असार बुधबारमा प्रकाशित

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने आवाज उठाउने तयारी गरेका छन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायतका मुलुकमा पठाउने गिरोहलाई सघाएको पाइएपछि पूर्वगृहमन्त्री खाँण पक्राउ परेका थिए । पक्राउ परेदेखि नै उनलाई पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन गर्नुपर्ने आवाज कांग्रेसमा उठ्दै आएको छ । तर गत वैशाख २७ गतेदेखि प्रहरी नियन्त्रणमा रहेका खाँणलाई कांग्रेसले अहिलेसम्म निलम्बन गरेको छैन ।

बुधबार (आज)देखि सुरु हुन लागेको कांग्रेसको केन्द्रीय समिति बैठकमा खाँणको निलम्बनबारे कुरा उठाउने कांग्रेसका एक शीर्ष नेताले बताए । उनले अनलाइनखबरसँग भने, ‘बालकृष्ण खाँणको निलम्बनको विषयमा केन्द्रीय समिति बैठकमा मज्जाले छलफल हुन्छ । निलम्बनको विषयमा बोल्न नपाउने भन्ने हुन्न ।’

ती नेताले बालकृष्ण खाँणको निलम्बनको विषयलाई छलफलको एजेण्डा नबनाउने प्रयत्न हुनसक्ने भए पनि यो विषयलाई उठाइने बताए । ‘खाँणको निलम्बनबारे बैठकमा छलफलको एजेण्डा नबनाउने प्रयत्न हुनसक्छ तर छलफल हुन्छ,’ ती नेताले भने, ‘छलफलको एजेण्डाको बुँदामा उल्लेख नभए पनि समसामयिक विषय अन्तर्गत रहेर केन्द्रीय सदस्यहरुले धारणा राख्ने छन् ।’

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजे बस्ने केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवासमा शीर्ष नेताहरुको बैठक बस्दै छ ।

नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले शीर्ष नेताहरुको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने जानकारी दिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu