Connect with us
Kapilvast Forest

सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत एक लाख घुससहित पक्राउ

२०८०, २७ असार बुधबारमा प्रकाशित

pakrau

सडक डिभिजन कार्यालय लहान सिरहाका लेखा अधिकृत पदम विनोद पोखरेल एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले उनलाई सेवाग्राहीबाट लिइरहेको एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीको प्रयोजनका लागि सेवाग्राहीबाट माग गरिरहेको पूर्वसूचनाको आधारमा अधिकृत पोखरेललाई रंगेहात पक्राउ गरेको अख्तियारको सहप्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

उनीमाथि थप अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu