Connect with us
Kapilvast Forest

जर्मन कम्पनीसँग मल कारखाना स्थापनाका लागि अघि बढ्यो प्रक्रिया

२०८०, २९ असार शुक्रबारमा प्रकाशित

काठमाडौं- ९३ अर्ब ५३ करोड अमेरिकी डलर बराबरको लगानी रहने गरी नेपालमा रासायनिक मल कारखाना निर्माणको प्रारम्भिक प्रक्रिया सुरु भएको छ ।

प्रधानमन्त्री अध्यक्ष रहने लगानी बोर्डको कार्यालयले एक जर्मन कम्पनीसँग रासायनिक मल कारखाना स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र जर्मन कम्पनी डिआग इन्डस्ट्रिज जीएमबीएचका प्रबन्ध निर्देशक बेन्जामिन बेकरले हस्ताक्षर गर्नुभएको हो ।

सार्वजनिक निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को व्यवस्था अनुसार, बोर्डको गत चैत १७ गते सम्पन्न ५०औँ बैठकले सो कम्पनीलाई अध्ययन अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता अमृत लम्सालले जानकारी दिनुभयो । साथै प्रस्तावकसँग गरिने समझदारीपत्रको मस्यौदा गत चैत ३० मा सम्पन्न लगानी बोर्डको ५३औँ बैठकले स्वीकृत गरेको थियो ।

समझदारीपत्रको प्रावधान बमोजिम प्रस्तावक कम्पनीलेले अनुमतिपत्र प्राप्त गरेको २४ महिना भित्र बोर्डको कार्यालयसमक्ष पेश गर्नुपर्नेछ । प्रस्तावक कम्पनीले हाइब्रिड, ग्यास वा दुवैमध्ये कुन उपयुक्त प्रविधिमध्ये एउटा उपयुक्त प्रविधि प्रयोग गरी वार्षिक सात लाख टन रासायनिक मल ९युरिया० उत्पादन गर्ने प्रस्ताव गरेको छ । सो प्रविधि र क्षमतामा रासायनिक मल उत्पादनका लागि अमेरिकी झण्डै रु ९३ अर्ब ५३ करोड बराबरको लगानी लाग्नेछ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu