Connect with us
Kapilvast Forest

देशभर ५३ प्रतिशत रोपाइँ, लुुम्बिनी प्रदेशमा ६५ प्रतिशत

२०८०, २९ असार शुक्रबारमा प्रकाशित

काठमाडौ – असार महिनाको अन्तिमसम्ममा देशभर ५३ प्रतिशत रोपाई भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रायलका सहसचिव प्रकाशकुमार सन्जेलले असार २९ गतेसम्म देशका ५३ प्रतिशत खेतमा मात्र रोपाइँ सकिएको जानकारी दिनुभयो । यो गत वर्षको तुलनामा थोरै हो। गत वर्ष असार २९ सम्म ६५ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको थियो।

विशेषगरि मधेश प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशमा मनसुन शुरु हुन ढिलो भएको कारण यो कमी देखिएको मन्त्रालयले जनाएको छ । यस्तै कर्णाली र सुदुरपश्चिम प्रदेशमा विशेषगरि गोरुमा लम्पी स्कीन रोगका कारण गोरुको अभाव भइ रोपाइ थोेरै प्रभावित भएको सञ्जेलले बताउनुभयो ।

मन्त्रालयले विस्तारै मनसुन सक्रिय भइरहँदा, रासायनिक मलको उपलव्धता सुनिश्चित हुँदा र लम्पी स्कीन रोगको प्रभाव कम हुँदै जाँदा धान रोपाइँ हुने प्रतिशत क्रमश बढ्दै जाने अपेक्षा गरेको छ ।

मन्त्रालयका अनुसार देशको प्रमुख अन्न भण्डार मधेश प्रदेशमा २८ प्रतिशत खेतमा मात्रै रोपाइँ सकिएको छ। गत वर्ष यही अवधिमा मधेशमा ५७ प्रतिशत खेतमा रोपाइँ सकिएको थियो।

त्यस्तै, कोशीमा ५६ प्रतिशत र बागमतीमा ४५ प्रतिशत भागमा रोपाइँ सकिएको छ। सबैभन्दा धेरै सुदूरपश्चिममा ८५ प्रतिशत र कर्णालीमा ७० प्रतिशत भागमा रोपाइँ सकिएको छ । यस्तै लुुम्बिनीमा ६५ प्रतिशत र गण्डकीमा ४७ प्रतिशतर रोपाई भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu