Connect with us
Kapilvast Forest

कांग्रेस केन्द्रीय समितिको बैठक लाइभ गर्ने देउवाको प्रस्ताव

२०८०, १ श्रावण सोमबारमा प्रकाशित

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय समितिको बैठक लाइभ गर्ने प्रस्ताव गरेका छन् ।

पदाधिकारीको बैठकका एजेण्डा तय गर्न धुम्बाराहीस्थित आफ्नो निवासमा बोलाइएको वर्तमान र पूर्व छलफलमा देउवाले उक्त प्रस्ताव राखेका हुन् । बैठकमा सहभागी सहमहामन्त्री फरमुल्लाह मन्सुरले भने, ‘सभापतिले केन्द्रीय समितिको बैठक लाइभ गर्न प्रस्ताव गर्नुभएको छ । यसमा फरक फरक विचार बैठकमा आएका छन् ।’

बैठकमा नौ वटा एजेण्डामाथि छलफल हुने उनले तय भएको उनले बताए । समसामयिक, नीति महाधिवेशन, अनुशासनको विषय, लगायतमा छलफल हुने उनले जानकारी दिए ।

पूर्व गृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेको विषयमा केन्द्रीय सदस्यले धारणा राख्नसक्ने मन्सुरले बताए ।

‘प्रजातान्त्रिक पार्टी हो । सबैको कुरा सुनेर पार्टीले त्यसमा मन्थन गरेर निर्णय गर्छ’, उनले भने । कांग्रेस केन्द्रीय समिति बैठक भोलि साउन २ गते बस्दै छ ।

नेपाली कांग्रेस

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu