Connect with us
Kapilvast Forest

फौजदारी कार्यविधि संहिताको जारी संसोधन प्रकृया प्रति रास्वपाको विरोध

२०८०, ७ श्रावण आईतवारमा प्रकाशित

कपिलवस्तु-
मुलुकी फौजदारी कार्यविधि संहिता २०७४मा हाल रहेको व्यवस्था परिवर्तन गर्दै मुलुकमा दण्डहिनतालाई प्रश्रय पुग्ने गरि चलिरहेको संहिता संसोधनको प्रयास प्रति..राष्ट्रि«य स्वतन्त्र पार्टी कपिलवस्तुले ससक्त विरोध जनाएको छ । पार्टीको निर्वाचन क्षेत्र नम्बर २ को कार्यसमितिले सनिबार बुडिडमा आयोजना गरेको अन्र्तक्रिया तथा संगठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका जिल्ला सभापति सिव प्रसाद सुवेदीले यस्ले मुलुकमा दण्डहिनताको विकास गर्ने बताउनु भएको हो ।

उहाँले भन्नुभयो, “संहितामा दफा ११६ मा ११६ (क) थपिएको छ थप गरिएको उप दफामा दफा ११६ मा जुनसुकै कुरा लेखिएको भएपनि कुनै राजनीतिक दल वा समूहले मुलुकको राजनीतिक प्रणाली संग असहमत रहि हिंसात्मक क्रियाकलाप संचालन गरिरहेकोमा त्यस्तो राजनीतिक दल वा समूह शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन नेपालको संविधान र प्रचलित कानूनको आधिनमा रहि शान्तिपूर्ण राजनीतिक क्रियाकलाप सञ्चालन गर्ने प्रतिवद्धता जनाईसरकार र त्यस्तो राजनीतिक दल वा समूह विच राजनीतिक प्रकृतिको संझौताको माध्यम सरकार वादी भई दायर भएका मुद्धा फिर्ता लिने गरि सहमती भएमा त्यस्तौ संझौता वमोजिम त्यस्ता राजनीतिक दल वा समूहका नेता तथा कार्यकर्ताका विरुद्धमा नेपाल सरकार वादी भई चलाईएका जुनसुकै मुद्धा जुनसुकै तहको अदालतमा विचाराधिन रहेको भए पनि फिर्ता लिन बाधा पुग्ने छैन्, यो प्रवाधान भएपछि त जस्तो सुकै अपराध गरे पनि सरकारले चाहेको खण्डमा अपराधीलाई उन्मूक्ती मिल्छ, अनि न्याय मर्छ राजनीतिक पहूँचमा नरहेका सोझा साझा जनताले कहिल्यै न्याय पाउँदैनन् । संहिता माथीको यो संसोधन प्रकृया जुनसुकै हातमा रोकिनु पर्छ अन्यथा रास्वपा कठोर कदम चाल्न वाध्य हुनेछ ।”

ंक्षेत्रीय सभापति अनुप मरासिनीको अध्यक्षता जिल्ला सभापति शिव सुवेदीको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश शिक्षा विभाग प्रमुख रोम राज बरालको विशिष्ट आतिथ्यता पार्टीका जिल्ला, क्षेत्र, पालिका तथा वडा तहका नेता कार्यकर्ताको सहभागीता तथा क्षेत्रीय सदस्य माधव पराजुलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको रास्वपाले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu