Connect with us
Kapilvast Forest

एसिया कप क्रिकेटमा नेपालको पहिलो खेल पाकिस्तानसँग

२०८०, ३ श्रावण बुधबारमा प्रकाशित

काठमाडौं- एसिया कप क्रिकेटमा नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ । प्रतियोगिता आयोजक एसियन क्रिकेट काउन्सिल एसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल र पाकिस्तानबीचको खेल अगस्ट ३० मा मुल्तानमा हुने छ ।

पाकिस्तानमा प्रतियोगिताकै पहिलो खेल खेलेर नेपाल श्रीलंका जाने छ । केन्डीमा नेपालले सेप्टेम्बर ४ मा भारतसँग खेल्ने छ । यसपालिको एसिया कप क्रिकेट अगष्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हाइब्रिड मोडलमा आयोजना हुनेछ ।

प्रतियोगितामा एसियाका पाँच टेष्ट राष्ट्र र नेपाल गरी ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् र कूल १३ खेल हुनेछ । त्यसमध्ये पाकिस्तानमा ४ खेल हुनेछ भने बाँकी ९ खेल श्रीलंकामा खेलाइने एसीसीले जनाएको छ ।

प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । भारत र पाकिस्तानसँगै नेपाल समूह ए मा छ । श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह बी मा छन् । समूह विजेता र उपविजेता सेमिफाइनलमा पुग्ने छन् ।

नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै नेपालले इतिहासमा पहिलो पटक एसिया कप खेल्ने अवसर पाएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu