Connect with us
Kapilvast Forest

इङ्ग्ल्यान्ड र डेनमार्क महिला विश्वकपकाे अन्तिम १६ मा

२०८०, १७ श्रावण बुधबारमा प्रकाशित

एजेन्सी– इङ्ग्ल्यान्ड र डेनमार्क फिफा महिला विश्वकप फुटबल २०२३ को अन्तिम १६ मा पुगेका छन् ।

मङ्गलवार अस्ट्रेलियाको हिन्दमार्श स्टेडियममा भएको खेलमा चीनलाई ६–१ को फराकिलो अन्तरले हराउँदै इङ्ग्ल्यान्ड अन्तिम १६ मा पुगेको हो ।

इङ्ग्ल्यान्डकी लरेन जेम्सले २ तथा एलिसिया रुसो, लरेन हेम्प, चोई केली र रचेल डेलीले १ गोल गरिन् चीनका लागि वाङ शुवाङले सान्त्वना गोल गरिन् । इङ्ग्ल्यान्ड ९ अङ्कका साथ समूह डीको शीर्ष स्थानमा रहन सफल भयो ।

चीन ३ अङ्कसहित तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरियो ।

आजै यसै समूहको अर्को खेलमा हैटीलाई २–० गोलले हराउँदै डेनमार्क पनि अन्तिम १६ मा पुगेको छ । अस्ट्रेलियाको पर्थ रेक्ट्याङ्गुलर स्टेडियममा भएको खेलमा डेनमार्कलाई जिताउन पर्निले हार्डर र सानी निलसेनले १र१ गोल गरिन् ।

डेनमार्क ६ अङ्कका साथ दोस्रो स्थानमा रहँदा हैटी कुनै पनि खेल जित्न नसकी बाहिरियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu