Connect with us
Kapilvast Forest

बिँडी नदिएको निहुँमा हत्या

२०८०, ५ श्रावण शुक्रबारमा प्रकाशित

सप्तरीमा एक युवकले बिँडी नदिएको निहुँमा एक जनाको हत्या गरेको खुलेको छ । सप्तरी कञ्चनरुप नगरपालिका ८ बेरियर चौकमा रहेको बस बिसौनीको प्रतिक्षालयमा गत असार ३१ गते बिहान परिचय नखुलेको मागी खाने अन्दाजी ६०/६५ वर्षीय पुरुष मृतक फेला परेका थिए ।

उनलाई चिरपट प्रहार गरि हत्या गरिएको प्रहरीको आशंका थियो । ईलाका प्रहरी कार्यालय कञ्चनरुपले अनुसन्धान गर्दै जाँदा उनको हत्यामा कञ्चनरूप नगरपालिका १० बदगमा टोलका २८ वर्षीय मनोज पासवानको संलग्नता रहेको खुलेको प्रहरी नायव उपरीक्षक दीपक रायले जानकारी दिए ।

मनोजलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । डिएसपी रायका अनुसार मागी खाने व्यक्ति प्रतिक्षालयमा सुती बिँडी खाइरहेको र आफूलाई पनि खान मन लागेपछि मनोजले एउटा बिडी मागेका थिए । तर मागिखाने व्यक्तिले बिडी नदिई तथानाम गाली गलौज गर्न लागेपछि आवेगमा छेउमा राहेको बाँसको लाठीले उनको टाउकोमा चार/ पाँच लाठी प्रहार गरि भागेको मनोजले बयान दिएको डिएसपी रायले बताए ।

मनोज उपर कर्तव्य ज्यान मुद्दामा कानुन बमोजिम कारबाही गर्ने सप्तरी प्रहरीको तयारी छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu