Connect with us
Kapilvast Forest

गैर आवासीय नेपाली संघ मल्टाको उपाध्यक्ष पदमा खड्काको उम्मेदवारी

२०८०, ५ श्रावण शुक्रबारमा प्रकाशित

म भरत खड्का,
रुपन्देही जिल्ला बुटवल निवासी म भरत खड्का कामको सिलसिलामा वैदेशिक राेजगारी भई विगत ६ वर्ष देखि यश माल्टा देशमा कार्यरत छु।


हाम्रो देश प्राकृतिक रुपले, संस्कृतिक रुपले विश्वकै उत्कृष्ट देश मध्य एक भएता पनि, देशको राजनीतिक अस्थिरता एवम विभिन्न कारणहरुले गर्दा देशमा दिनानुदिन परनिर्भरता बढेकाे छ, गरीबी बढेकाे छ र हामी नेपालीहरुलाई सामान्य जीवीकाेपार्जनका लागि पनि विदेशीन वाध्यता जस्तो भएको छ।


देशको वर्तमान अवस्था हेर्दा महिनाै पिच्छे लाखौंकाे सङ्ख्या नेपाली नागरिकहरु विदेशीएका छन्। काेही विद्यार्थीकाे नाउँमा त काेही मजदुरीकाे नाउमा खाडी,अस्ट्रेलिया,अमेरिका अनि युरोप दक्ष्य अनुसार विदेशीनु नेपालीकाे लगभग मजबुरी जस्तो भईसकेकाे छ।


फेरि पनि म भरत खड्का निवेदन गर्दै छु, वैदेशिक राेजगारीकाे शिलशिलामा म विगत छ वर्ष देखि माल्टा मा छु, याे समयावधि मा मैले माल्टालाई धेरै राम्रो सङ्ग नियालेकाे छु र जान्दछु, याे अवधिमा मैले आफ्नो व्यक्तिगत रुपमा मेरो क्षेमताले भ्याएसम्म धेरैलाई सहयोग पनि गरेको छु, पछिल्लो चरणमा नेपालबाट यहाँ माल्टामा पनि उल्लेखनीय रुपले नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु पनि आउने क्रम बाक्लो देखिएको छ।

पहिले देखिनै व्यक्तिगत रुपमा सहयोग गर्दै आएकाे म भरत खडका अबका दिनहरुमा यहाँ माल्टामा रहेका र अब माल्टामा आउन चाहाने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई सस्थागत रुपमा नै सहयोग गर्नका लागि मैले यहीँ july 30 मा हुन गईरहेकाे NRNA malta काे निर्वाचनकाे लागि आफ्नो उमेद्वारी उपाध्यक्षकाे रुपमा दिईरहेकाे छु।
सम्पूर्ण माल्टा वासी दाजुभाइ तथा दिदीबहिनीहरु बाट सहयोग गरि मलाई विजय बनाउनुहुन हार्दिक अनुरोध गर्दछु।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu