Connect with us
Kapilvast Forest

राजमार्ग क्षेत्रलाई पूर्ण दूरसञ्चारयुक्त बनाउने तयारी छः सञ्चारमन्त्री शर्मा

२०८०, ५ श्रावण शुक्रबारमा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सबै राजमार्ग क्षेत्रलाई पूर्ण दूरसञ्चारयुक्त बनाउने गरी तयारी भइरहेको बताउनुभएको छ। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, मधेश प्रदेशले जनकपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजमार्ग क्षेत्रमा आवागमन गर्ने यात्रुका लागि सूचना सञ्चारको आवश्यकता धेरै नै हुने भएकाले सबै राजमार्ग क्षेत्रलाई पूर्ण दूरसञ्चारयुक्त बनाउनुपर्ने बताउनुभएको हो।

राजमार्ग क्षेत्रमा दुर्घटना, गम्भीर बिरामीको आवागमन, जङ्गली जनावरको आक्रमणलगायतका आकस्मिक घटना हुने भएकाले पनि राजमार्ग क्षेत्रलाई पूर्ण दूरसञ्चारयुक्त बनाउनुपर्ने आवश्यक रहेको मन्त्री शर्माले स्पष्ट गर्नुभयो।

राजमार्ग क्षेत्रमा दैनिक लाखौं यात्रुको आवागमन हुने भएकाले उनीहरुले फोन र इन्टरनेट प्रयोग गर्दा दूरसञ्चारको कारोबार पनि बढी हुने भएकाले व्यापारिक दृष्टिकोणबाट पनि दूरसञ्चार सेवा बढाउनुपर्ने आवश्यकता देखिएको उहाँले स्पष्ट गर्नुभयो।

मन्त्री शर्माले चालु आर्थिक वर्षमा हरेक प्रदेशका दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त बनाउने तयारी गरेको पनि जानकारी दिनुभयो। सीमा क्षेत्रमा नेपाली नेटवर्कको समस्या देखिएको गुनासो आएकाले आवश्यक अनुगमन गरी सेवा विस्तारका लागि विशेष योजना बनाउन पनि उहाँले टेलिकम प्रादेशिक निर्देशनालयका अधिकारीलाई आग्रह गर्नुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu