Connect with us
Kapilvast Forest

राजनीतिक आन्दोलनमा कानुन व्यवसायीको भूमिका महत्त्वपूर्ण : अध्यक्ष यादव

२०८०, ५ श्रावण शुक्रबारमा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको राजनीतिक आन्दोलनमा कानुन व्यवसायीको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

सङ्घीय कानुन व्यवसायी सङ्घको पहिलो राष्ट्रिय सम्मेलनको उदघाटनमा उहाँले नेपालमात्रै नभई संसारभर ठूला–ठूला परिवर्तनमा कानुन व्यवसायीको नेतृत्वदायी भूमिका रहेको उल्लेख गर्नुभयो । अध्यक्ष यादवले सङ्घीय प्रणालीको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै मुलुकको न्याय प्रणाली निष्पक्ष र स्वतन्त्र बनाइनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सङ्घीयताको वास्तविक कार्यान्वयनका लागि संविधान संशोधन आवश्यक भएको दाबी समेत गर्नुभयो । पार्टीलाई विधि र बौद्धिक दिशा दिनेतर्फ लैजान सङ्घले भूमिका खेल्नुपर्ने भन्दै अध्यक्ष यादवले न्यायालय समावेशी हुनुपर्ने माग गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu