Connect with us
Kapilvast Forest

सुदूरपश्चिममा सकियो रोपाइँ , लुम्बिनीमा ७४% रोपाइँ

२०८०, ५ श्रावण शुक्रबारमा प्रकाशित

काठमाडौ । साउनको ५ गतेसम्म देशभर ६८ प्रतिशत धान रोपाइँ भएको छ ।

कृषि मन्त्रालयले साउन ५ गतेसम्मको भएको धान ६८ प्रतिशत मात्रै धान रोपाई भएको जानकारी दिएको छ।

गत वर्ष साउन ५ गतेसम्म करिब ८८ प्रतिशत रोपाइँ भएकोमा यस बर्ष खेतीयोग्य जमिनमध्येमा ६८ प्रतिशत मात्रै रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।

मुलुकभर १३ लाख ५७ हजार ८ सय १६ हेक्टर क्षेत्रफलमा रोपाइँ हुन्छ । सो क्षेत्रफलमध्ये साउन ५ गतेसम्म असार २९ गतेसम्म ६८ प्रतिशत अर्थात् ९ लाख २७ हजार २ सय ३३ हेक्टरमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।

गत बर्ष यही अवधिको तुलनामा रोपाइँ करिब २० प्रतिशत विन्दुले कमी हो । पोहोर २०७९ साउन छ गतेसम्म ८८ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जानकारी दिएको छ ।

‘मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुन शुरु हुन ढिलो भएको हुदा गत बर्ष भन्दा यस बर्ष करिब २० प्रतिशत विन्दुले रोपाइ कमी भएको छ,’ मन्त्रालयको अनुसार, ‘मनसुन सुरु हुने क्रमसँगै रोपाइँ हुने क्षेत्रफल बढ्दो क्रममा छ ।’

यस्तै, कर्णाली प्रदेशमा गोरुमा लम्पी स्कीन रोगका कारण गोरुको अभाव भइ रोपाइ थोरै प्रभावित भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभर कुल १३ लाख ५७ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । सोमध्ये हालसम्म ९ लाख २७ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भएको हो । हालसम्म रोपाइँ भएका प्रदेशमध्ये सुदूरपश्चिममा भने करिब सकिएको छ । सो प्रदेशमा ९८ प्रतिशत रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म कोशी प्रदेशमा ७३, वाग्मतीमा ६५, लुम्बिनीमा ७४ र कर्णाली प्रदेशमा ७६ प्रतिशत रोपाइँ भएको छ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu