Connect with us
Kapilvast Forest

श्रीमानद्वारा श्रीमतीको हत्या

२०८०, १० श्रावण बुधबारमा प्रकाशित

श्रीमानले श्रीमतीको घाँटी काटेर हत्या गरेका छन् । सिमौनगढ नगरपालिका–६ बजार टोलस्थित ससुराली बस्दै आएको राज चुडिहारले बुधबार बिहान ३ बजेको समयमा सुती रहेका २७ वर्षीया श्रीमती आसमी चुडिहारलाई धारिलो हतियारले घाँटीमा पटकपटक प्रहार गरी हत्या गरेका हुन् ।

स्थानीय जाहिर चुडीहारका ज्वाइ भारत बिहार राज्यको पूर्वी चंपारण जिल्लाको पोखरिया निवासी ३६ वर्षीय राज चुडीहार विगत एक महिनादेखि ससुराली सिमौनगढमा बस्दै आएका थिए थियो ।

राज चुडीहार श्रीमतीको हत्या गरी भाग्न खोज्दा स्थानीयहरुले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाएको मृतकका बुबा जहिर चुडिहारले जानकारी दिनुभयो ।

श्रीमान र श्रीमतीबीच विगत एक महिनादेखि आपसी विवाद हुँदै आएको स्थानीयहरुले बताएका छन् ।

श्रीमतीको हत्या गर्ने राज चुडिहारलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक जितेन्द्र कुमार साहले जानकारी दिनुभयो । मृतकका दुई छोरा र एक छोरी छन् ।

चालू आर्थिक वर्षको ११ महिनामा १८८८ उजुरी परेकोमा ८६३ वटा घरेलु हिंसाको मुद्दा रहेको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र कलैयाले जनाएको छ ।

यस्तै कर्तव्य ज्यान १० र ज्यान मार्ने उद्योग ३९ वटा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu