Connect with us
Kapilvast Forest

मुस्लिमसँगै हिन्दु समुदायले मोहर्रम पर्व मनाउदैँ

२०८०, १३ श्रावण शनिबारमा प्रकाशित

सनिउल्ला धोबी,
कपिलवस्तुमा इस्लाम धर्मावलम्बी र हिन्दु समुदायले एकता बद्ध रुपले मोहर्रम पर्व मनाइ रहेका छन । ईशदूत हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमका नाति हजरत इमामे हुसैनको इस्लामको रक्षाको लागि लड्दालड्दै इराकको करवलामा शहीद भएको सम्झनामा मोहर्रम पर्व मनाउने चलन चल्दै आएको छ ।

इस्लामिक क्यालेण्डर हिजरी सम्बत अनुसार वर्षको अन्तिम र पहिलो महिनालाई इस्लाम धर्मावलम्बी विशेष महत्वका साथ लिने गर्दछन् । इस्लाम धर्ममा दुवै महिनालाई दुःखको महिना भन्दै विशेष रुपमा प्रार्थना गर्नुका साथै विभिन्न गतिविधिहरु संचालन गर्ने गरेको मौलाना रमजान खानले बताउनुभयो ।

हुसैनको सम्झानामा मुस्लिमहरुले शोकको रुपमा मान्दै आएपछी पछिल्लो समय तराईका हिन्दु समुदायले समेत यसवर्पलाई मान्दै आएका छन । आफूले मागेको हरेक इच्छा–चाहना पूरा भएको धार्मिक विश्वासका साथ मुश्लिम समुदाय सगैँ हिन्दु समुदायले यो पर्व मान्दै आएको शिवराज नगरपालिका वडा नं ३ का कासिराम यादवले बताउनु भयो ।
कपिलवस्तुको अधिकांस गाँउमा कागजको ताहजिया बनाएर मोहर्रम पर्व मनाउदै आएको चनईका मंगरु जयसवालले जानकारी दिनुभयो ।

मोहर्रम पर्व पहिलो मोहर्रम महिनाको १ तारिखदेखि १० तारिखसम्म मनाइन्छ । कुरानअनुसार हुसैनकी आमाले पढेको नवाज अल्लाहले सबैभन्दा बढी मन पराउने भएकाले नवाज पढ्ने समयमा सधैँ हुसेन रोइरहेपछि फरिस्ताले अल्लाहको आग्रहमा नवाज सुन्न बाधा नपरोस् भनी जन्नत घुमाउँदासमेत हुसेन रुन नछाडेपछि अल्लाहले ‘तिमी किन रोइरहेको’ भनी प्रश्न गरेका थिए ।
हुसैनले हर्जरत मोहम्मदका उम्मद (अनुयायी) सीधै जन्नत जान पाऊन् भनी माग गरेपछि अल्लाहले ‘तिमी कर्रवला बग्दादमा शहीद हुन तयार छौ भने मात्र म तिम्रो इच्छा पूरा गर्नेछु’ भनी वाचा गरेकाले मोहर्रमको नवमीको रात हुसैनको कतल गरी मोरम दशमीको दिन शहीद भएको सम्झनामा यो पर्व मनाउने गरिएको उल्लेख छ ।

हुसैन शहीद भएको दिनदेखि संसारभरि इस्लाम धर्म फैलिएको बताइन्छ । मुसलमान समुदायको पर्व भए पनि यहाँका हिन्दू समुदायले पनि उत्तिकै महत्व र श्रद्धाका साथ यो पर्व मनाउने गर्छन् । पछिल्लो समय हिन्दू र इस्लाम धर्मावलम्बीको साझा पर्वका रुपमा समेत मोहर्रम पर्व स्थापित भएकोे छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu