Connect with us
Kapilvast Forest

एकीकृत समाजवादीको सचिवालय बैठक सोमबार

२०८०, १४ श्रावण आईतवारमा प्रकाशित

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक यही साउन १५ गते बस्ने भएको छ ।

मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने सो बैठकमा पार्टीका विभिन्न तहका बैठक कहिले र कहाँ गर्ने विषयमा छलफल हुने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

पार्टीको यही साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्यूरो र २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाइएकामा प्राविधिक कारणले तयारी नपुगेको जनाउँदै ती बैठक स्थगित भएका छन् ।

सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीति, कामको विस्तृत योजनाका साथै पार्टी परित्याग गरी गएका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनीत गर्ने विषयमा छलफल गर्नेलगायत विषय बैठकको कार्यसूचीमा छ । बैठकमा जनसङ्गठन युवा र विद्यार्थी विभागका काम व्यवस्थापनका लागि कार्ययोजना पारित गरिने छ ।

पार्टीमा केही उपाध्यक्षसहितका पदाधिकारी तथा बागमती र लुम्बिनी प्रदेशमा ‘इन्चार्ज’ पद रिक्त छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu