Connect with us
Kapilvast Forest

१५ बुँदे घोषणापत्र जारी गर्दै सकियो एमाले लुम्बिनी प्रशिक्षण भेला

२०८०, १५ श्रावण सोमबारमा प्रकाशित

नेपालगन्ज- नेकपा (एमाले) लुम्बिनी प्रदेश सङ्गठन कमिटीको आयोजनामा भएको एमाले जनप्रतिनिधिहरुको लुम्बिनी प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम पन्ध्रबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

प्रशिक्षण भेलाले सङ्घीयतालाई बलियो बनाउने गरी पार्टीबाट निर्वाचित जनप्रतिनिधिले भूमिका खेल्नुपर्ने निश्कर्ष निकालेको छ ।

भेलाको अन्तिममा एमाले नेता खिमलाल भट्टराईबाट बाचन गरिएको घोषणापत्रमा वडाको आर्थिक अधिकार बढाउन लागिपर्ने, देश र जनताको हितका लागि बढीभन्दा बढी केन्द्रित हुने, निर्वाचनमा गरिएका वाचा र घोषणापत्रप्रति प्रतिबद्ध हुने, जनसरोकारका सवालमा प्रतिबद्ध हुने उल्लेख छ ।

यसैगरी महिला प्रमुख र उपप्रमुख रहेको स्थानीय तहमा कुनै पनि खालको विभेद हुन नदिने र महिलालाई कार्यकारी पदमा प्रोत्साहन गरिनुपर्ने उल्लेख छ । घोषणापत्रमा निर्वाचन प्रणालीमा सुधार गरी गरिब जनताका सन्तान पनि जनप्रतिनिधि बन्न सक्ने बनाउन पहल गरिने, भ्रष्टाचार अन्त्यका लागि पहल गरिनेलगायतका विषय समेटिएको छ ।

कार्यक्रमको दोस्रो सत्रमा बोल्दै पार्टी उपाध्यक्ष विष्णु पौडेलले एमालेविरुद्ध जतिसुकै भ्रम फिँजाइए पनि जनताको विश्वास र भरोसा जित्न सकेको पार्टी एमाले मात्रै भएको दाबी गरे ।

महासचिव शङ्कर पोखरेलले सङ्घीय सरकारले गरिरहेको विभिन्न गलत निर्णयको भण्डाफोर गर्नु आजको आवश्यकता भएको बताए ।

लुम्बिनी प्रदेशका १२ जिल्लामा एमालेबाट निर्वाचित, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका पदाधिकारी र सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख, वडाध्यक्ष र कार्यपालिका सदस्यको भेलामा सहभागिता रहेको थियो ।

प्रशिक्षण भेलाको शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu