Connect with us
Kapilvast Forest

नेपालगन्जमा लैङ्गिक संवेदनशिलता र भाषा सम्बन्धि कार्यशाला सुरु

२०८०, १८ श्रावण बिहीबारमा प्रकाशित

नेपालगन्ज -लैङ्गिक संवेदनशिलता कथा लेखन र भाषाका विषयमा दुईदिने कार्यशाला नेपालगन्जमा शुरु भएको छ । अल्पसंख्यक तथा सिमान्तकृत समुदायका सवालाई सञ्चारमाध्यममा कसरी उठाउने भन्ने विषयमा क्षमता अभिबृद्धि गर्न कार्यशाला संचालन गरिएको हो ।

युएसएआईडी द एशिया फाउण्डेशनको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्धारा संचालित “नागरिक समाज र मिडिया” परियोजना अन्र्तगत दुईदिने कार्यशाला शुरु भएको छ ।

कार्यशालाको शुभारम्भ गर्दै लुम्विनी प्रदेश सांसद सुशिला नेपाली बादीले समाजमा अहिले पनि विभेद कामय रहेको उल्लेख गर्दै अल्पसंख्यक समुदायले आफ्ना सवाललाई उठाउन तालिम अर्थपूर्ण हुने विश्वास व्यक्त गनुृभयो । उहाँले अझै पनि कुनै समुदाय यस्तो प्रकारको तालिमबाट वञ्चित भएको भए त्यसलाई पनि अवसर दिनुपर्ने उल्लेख गर्दै समाजलाई सभ्य बनाउन सबैको साझा प्रयत्न हुनुपर्ने बताउनुभयो ।

उहाँले अल्पसंख्यक समुदायलाई अझै पनि उपेक्षा गरिएकोले यिनीहरुको पक्षमा पैरवी गर्नुपर्नेमा जोड दिदै यो समुदायकै पत्रकारिता क्षेत्रमा सहभागिताले ठुलो परिवर्तन देखिने विश्वास व्यक्त गर्नुभयो । सांसद नेपालीले भन्नुभयो,–“जसको सवाल उसकै नेतृत्व हुनुपर्दछ, अनि मात्र त्यसले अर्थपुर्ण सहभागिता हुन्छ ।”

उदघाटन सत्रमा नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईले सिमान्तकृत तथा अल्पसंख्यक समुदायका पत्रकारहरुको सहभागिता बढाउन सरोकारवाला निकायको भुमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिदै ति समुदायका युवा युवतीको क्षमता अभिबृद्धि गर्नुपर्ने बताउनुभयो ।

सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजीत तीवारीले पत्रकारिताको आयाम फराकिलो भएकाले त्यसमा काम गर्न तालिम प्रभावकारी हुने बताउनुभयो । तालिममा लैङ्गिक समानता तथा सामाजिक समाबेशीकरण, लैङ्गिक संवेदनशिलता, रिपोर्टिङ्गमा सफलताका कथा, भाषा लगायतका विषयमा जेसी विज्ञ रिमा विसी र पत्रकार शुक्रऋषि चौलागाईले सहजीकरण गर्ने संस्थाका प्रोग्राम म्यानेजर रविन्द्रकुमार ज्ञवालीले बताउनुभयो ।

उहाँका अनुसार संस्थाले अवधी र थारु भाषी १५ जना पत्रकारलाई आठ महिने फेलोशिप कार्यक्रम संचालन गरेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu