Connect with us
Kapilvast Forest

पक्राउ परेनन् शिवराजका आरोपित, प्रहरी खोज्दै

२०८०, १९ श्रावण शुक्रबारमा प्रकाशित

न्युज सेन्टर नेपाल,कपिलवस्तु-
कपिलवस्तुको शिवराज नगरपालिकाको महिला कर्मचारी माथी बलात्कार प्रयासको आरोप लागेको आरोपित अझैसम्म पक्राउ परेका छैनन् ।

साउन १२ गते शुक्रवार राती आधारभुत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाका प्रमुख लेखनाथ पौडेल र शिवराज नगरपालिका वडा नं ३ बस्ने भुवन पाण्डेले महिला कर्मचारी माथि बलात्कारको प्रयास गरेको आरोप लागेको थियो ।

घटना साउन १२ गते रातीको भएपनी १४ गते आइतबार साझ आबेर मात्र पीडितले जाहेरी दर्ता गरेका थिए ।
प्रहरीले घटना भएको एक हप्ता भन्दा बढी दिन हुदा समेत आरोपित पक्राउ गर्न सकेको छैन ।

आरोपित पौडेल र पाण्डे पक्राउ नपर्दा पिडितहरुले प्रहरी प्रती शंका व्यक्त गरेका छन ।

यता वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक शेखर जंग मल्लले आरोपित पौडेल र पाण्डेको खोजीकार्य जारी राखेको जानकारी दिनु भयो ।
विभिन्न सुत्र प्रयोग गरेको र अबको केही दिनमै आरोपित पक्राउ गर्ने प्रहरी निरीक्षक शेखर जंग मल्लले बताउनु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu