Connect with us
Kapilvast Forest

भदौ पहिलो हप्ता लुम्बिनीमा कांग्रेसको प्रदेशस्तरीय प्रशिक्षण

२०८०, २० श्रावण शनिबारमा प्रकाशित

रूपन्देही- नेपाली कांग्रेस लुम्बिनी प्रदेशले तेस्रो पटक प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । शुक्रबार दाङको भालुबाङस्थित प्रदेश कार्यालयमा बसेको प्रशिक्षण विभागको बैठकले आगामी भदौ पहिलो साता प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेशस्थित १२ जिल्ला सभापति, २६ प्रतिनिधिसभा क्षेत्रीय सभापति र ५२ प्रदेशसभा क्षेत्रीय सभापतिको लागि प्रशिक्षण कार्यक्रम गर्न लागिएको प्रदेश उपसभापति एवम् प्रशिक्षण विभाग प्रमुख भुवनप्रसाद श्रेष्ठले बताए ।

नवलपरासी (पश्चिम) मा आयोजना गरिने प्रशिक्षणलाई वरिष्ठ नेता डा. शेखर कोइरालालगायतका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । समय अनुकूल पार्टी संगठन चलायमान बनाउन तहगत नेतृत्वको लागि प्रशिक्षण दिन लागिएको लुम्बिनी कांग्रेसका सभापति अमरसिंह पुनले बताए ।

प्रशिक्षणपश्चात् पार्टीको सैद्धान्तिक दृष्टिकोण, कार्यक्रम, आगामी योजना र सांगठनिक गतिविधि ग्राउन्ड तहमा पुग्न विशेष आधार तय हुने उनको भनाइ छ । प्रशिक्षण विभागले अबदेखि विभिन्न घुम्टी बैठक सञ्चालन गर्ने र आगामी बैठक पाल्पामा आयोजना गरिने विभागले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu