Connect with us
Kapilvast Forest

उत्तराखण्डको पहिरोमा बेपत्ता नेपालीको उद्धार गर्न कांग्रेसको आग्रह

२०८०, २१ श्रावण आईतवारमा प्रकाशित

काठमाडौं – भारतको उत्तराखण्ड केदारनाथ गौरीकुण्डमा पहिरोमा परेका नागरिकलाई खोजी गर्न र स्वदेश फर्काउने पहल गर्न नेपाली कांग्रेसले सरकारसँग आग्रह गरेको छ ।

पहिरोमा परेर ११ जना नेपाली बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा अधिकांश जुम्लास्थित पातारासीका स्थानीय छन् ।

वेपत्ता नेपाली नागरिकको हरतरहले खोजी गर्न, उद्धार गरिएकाहरुको स्वास्थ्योपचारको व्यवस्था मिलाउन र स्वदेश फिर्ता ल्याउन पहल गर्न कांग्रेसले आइतबार विज्ञप्ति निकालेर सरकारसँग माग गरेको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले आइतबार उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई फोन गरेर हराइरहेका नेपालीको खोजीका लागि आग्रह गरेका थिए । बिहीबार राति गएको पहिरोबाट कम्तिमा १९ जना हराइरहेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu