Connect with us
Kapilvast Forest

बलात्कारको प्रयास गर्ने आरोपी पौडेल र पाण्डे पक्राउ

२०८०, २२ श्रावण सोमबारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
कपिलवस्तुको शिवराज नगरपालिकाको एक महिला कर्मचारीलाई बलत्कार प्रयासको आरोप लागेको दुई आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।

आधारभुत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाका प्रमुख लेखनाथ पौडेल र शिवराज नगरपालिका वडा नं ३ बस्ने भुवन पाण्डेलाई पक्राउ परेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शेखरजगं मल्लले जानकारी दिनुभयो ।

साउन १२ गते शुक्रवार राती एक महिला कर्मचारी माथि बलात्कारको प्रयास गरि फरार रहेका आरोपीलाई लुकेर बसेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटना साउन १२ गते रातीको भएपनी १४ गते आइतबार साझ आबेर मात्र पीडितले पौडेल र पाण्डे विरुद्ध जाहेरी दर्ता गरेका थिए ।पक्राउ परेका आरोपितहरुलाई आजै म्याद थप गरि कानुनी प्रक्रिया आगाडी बढाइने प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu