Connect with us
Kapilvast Forest

भन्सारले चाहे महराका दुई छोरामाथि हुनसक्छ अनुसन्धान

२०८०, २२ श्रावण सोमबारमा प्रकाशित

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयले चाहे गत माघमा हराएको ९ किलो सुन प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका दुई छोरामाथि अनुसन्धान हुने देखिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले २७ असारमा ९ जना विरुद्ध आपराधिक विश्वासघात र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो ।
यसमा भन्सार छलीको कसुर पनि आकर्षित हुने भएकाले भन्सार कार्यालयले फेरि अनुसन्धान गरेर सुन ल्याउने समूह वा त्यसका सहयोगीलाई कानुनी दायरामा ल्याउन सक्ने सरकारी वकिलको कार्यालयले बताएको छ ।

प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा संगठित अपराध र आपराधिक विश्वासघातमा मात्रै मुद्दा चलेकाले अझै भन्सार छलीको कसुरमा अनुसन्धान गर्न सकिने जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने बताउँछन् ।

फेरि अनुसन्धान हुँदा महराका छोरा राहुल र निर्मल महरा पनि छानबिनको दायरामा आउन सक्छन् । विमानस्थल भन्सारका प्रमुख टोकराज पाण्डेले भने भर्खर हाजिर भएकाले यसबारे बुझ्न नपाएको अनलाइनखबरसँग बताएका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu